शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन [ फोटो फिचर ]
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ बुधबार ५:३०:२७
९ मंसिर, भक्तपुर । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका छन । शङ्खधर दिवसको अवसर पारेर आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उनले नेपाल सम्वत नेवार समूदायको मात्रै सम्वत हो भन्ने भ्रम आजैबाट सबैले हटाउनुपर्ने बताए ।
शाक्यले भने, “नेपाल सम्वत राष्ट्रिय सम्वत हो, यो सबै नेपालीको सम्वत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन, शङ्खधर राष्ट्रिय विभूति भएकाले उनको सबैले सम्मान गर्नुपर्छ ।” उनले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद एवं राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उनीहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको बताए ।
“साख्वाः को मात्रै होइन महानगरपालिकाले जहानीयाँ राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ”, उनले भने, “उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ, धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ ।”
त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले शंखधर साख्वाःको सम्झनामा मध्यपुरथिमिमा बनेको भवन र त्यसभित्रको संरचना इतिहास बनेर रहने चर्चा गरे । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको बताए । नगरप्रमुख श्रेष्ठले नगरपालिकाको रु ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट रु ५० लाख र शङ्खधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित रु १० लाख गरी रु एक करोड ५० लाखमा उक्त भवन उपभोक्ता समितिमार्फत निर्माण भएको बताउँदै भवनमा अभिलेखालय, सूचना केन्द्र, सङ्ग्रहालय र सचिवालय रहने गरी चार तलाको भवन निर्माण भएको बताए ।
साख्वाःको इतिहास भक्तपुर र काठमाडौंसँग जोडिएको स्मरण गराउँदै उनले काठमाडौं महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शङ्खधर पार्क निर्माण भइरहेको पनि जानकारी दिए । त्यसअवसरमा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस मध्यपुर नगरसमितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले शङ्खधर साख्वाःले पु¥याएको योगदानका बारेमा चर्चा गरे ।
कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई नगरप्रमुख श्रेष्ठले भवनको साँचो हस्तान्तरण गरे । कार्यक्रममा शङ्खधर चोकस्थित साख्वाःको शालिकमा उपस्थित जनप्रतिनिधिले माल्यार्पण गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार
फिल्म आराधनाको एउटा गीत जो अहिले पनि हिट छ !
बैशाख ७, २०८१ शुक्रबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार