संक्रमित बालबालिकासहित शिक्षकलाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १४:१५:५०
१० मंसिर, सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना संक्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मंगलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना संक्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो ।
याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ । दुई जना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ ।
छपन्न कोरोना संक्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । साथै कोरोना संक्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकूदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
यस्तै युनिसेफले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्रीसमेत निःशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिए । बर्थिङ सेन्टरका लागि १०० न्यानो झोला वितरण गरिएको छ । कोभिडलक्षित सामग्री २१६, जीवनजल एक हजार प्याकेट, बालबालिकालाई खेलौना छ प्याकेट र कोरोना संक्रमितलाई ६० वटा कम्बल निःशुल्क सहयोग गरिएको हो ।
हिमालयन बाल होस्टलमा बालबालिका र कर्मचारी गरी ३२, कैलाश मानसरोवर चिल्डे«न होस्टलमा एक र धार्मिक गुम्बा विद्यालयका १९ जना गरी ५२ सक्रिय संक्रमित छन् । चार शिक्षक कर्मचारी कोरोना संक्रमित छन् भने अन्य सबै कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रछात्रा संक्रमित छन् । अहिले उनीहरु सबैको अवस्था सामान्य हुनुका साथै जिल्ला अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको निगरानीमा रहेको ल्याब टेक्निसियन बलिराज भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार