घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १६:२१:२८
९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मंगलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले आज फेरि आन्दोलन चर्केको हो ।
सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मंगलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए ।
तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मङ्गलबार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ ।
बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलावशा गुलाव साह खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मङ्गलबार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागी न्यौपाने घाइते भएका थिए ।
न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको भने काठमाडौँमै उपचार भइरहेको छ । अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।
आइतबार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमबार मध्यरातमा घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ ।
सोमबार साँझ स्थायी घर गौशाला–५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्याएर प्रहरीको जिम्मा लगाएका थिए । साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमबार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।
सोमबार मध्यरातमा शव बरामद भएपछि हत्यारालाई सार्वजनिक ठाउँमा कारवाहीको माग गर्दै मङ्गलबार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले बालिकाको शव पूर्वपश्चिम राजमार्गमा लगेर चर्का नाराबाजी गरेका थिए ।
प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक भएको हुँदा शव परीक्षण गर्न अस्पताल लैजाने बताए पनि प्रदर्शनकारीले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले दर्जनौँ राउण्ड गोली फायर गरेको थियो । प्रहरीले चलाएको गोली लागेर न्यौपाने र कार्की घाइते भएका थिए ।
मङ्गलबार प्रहरी जनशक्ति पर्याप्त भएका बेला भीड तितरवितर गर्न सामान्य बल प्रयोगबाटै स्थिति नियन्त्रणमा आउनसक्ने विकल्प प्रयोग नगरी गोली नै चलाइएको यहाँका सर्वसाधारण बताउँछन् । प्रहरीले भने शव नदिएर प्रदर्शनकारीले आपूmहरुमाथि जथाभावी ढुङ्गामुढा हानेपछि बाध्य भएर गोली चलाउनुपरेको दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार