ओलीको आक्रोश नेपालप्रति बढी
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १९:१३:३६
१० मंसिर, काठमाडौं । गत का २८ गते सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिबेदन फिर्ता गर्न असमर्थ भएपछि प्रधानमन्त्री केपी ओली पूर्ण रुपमा जवाफ तयार गर्न केन्द्रित भएकाछन् । यही मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डद्वारा प्रस्तुत कथित आरोपपत्रको कडा जवाफ दिने बताइसकेका हुन् ।
यस प्रयोजनका लागि ओलीले उपप्रधानमन्त्री समेत रहेका निकट नेता इश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई जिम्मा लगाएका छन् । यी तीनैजना नेताहरु यतिबेला प्रचण्डलाई इँटका जवाफ पत्थर से भन्ने कहावत जस्तै गरी प्रतिबेदनमा तल्लिन रहेको स्रोतको भनाई छ ।
तीन दिन अघिसम्म प्रचण्डलाई आफ्नोे प्रतिबेदन फिर्ता गराउन ओलीले ठूलै प्रयत्न गरेका थिए । तर प्रचण्डले कुनै हालतमा पनि प्रस्ताव फिर्ता नलिने अडान लिएका छन् । बरु उनले उक्त प्रतिबेदन मातहत कमिटीमा समेत छलफलका लागि पठाएपछि ओलीले वाध्य भएर जवाफ तयार गर्न लागिपरेको स्रोतको भनाई छ ।
प्रचण्डको प्रतिबेदनलाई ओली पक्षले अहिलेसम्म अवैधानिक र अराजनीतिक आरोपपत्र मात्र भनेको छ । तर उक्त प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि पठाएकाले ओलीले अझ कडा जवाफ दिने तयारी थालेको स्रोतको भनाई छ । यस अघि ओलीले अर्का नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरेका थिए । दुबैसँग सहयोग गर्न आग्रह गरेकामा नेता नेपालले भने पहिला ओली नै सच्चिनुपर्ने भन्दै आफ्नो अडान छाडेका थिएनन् । वामदेव भने समयक्रममा लचक हुन सक्ने अनुमान ओली पक्षको रहेको छ ।
साथै, प्रचण्डलाई समेत फकाउन सकिने ओली पक्षको बुझाई छ । तर नेता नेपाल भने कुनै हालतमा पनि ओलीसँग सम्झौता गर्ने पक्षमा छैनन् । त्यसैले अबको प्रतिबेदन प्रचण्ड भन्दा नेता नेपाल केन्द्रित हुने अनुमान गरिएको छ । नेता नेपाल नै सहमतिको मुख्य वाधक हुन सक्ने अनुमान ओली पक्षले गरेको छ । त्यसलाई बल पु¥याउने गरी नेता नेपाल पक्षका भनेर चिनिने कतिपय नेताहरुले बोल्न थालेका छन् ।
विदेश विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले ओली नै सहमतिको लागि बाधक भएको आरोप सार्वजनिक रुपमै लगाउने गरेका छन् । पार्टी भित्र आरोप प्रत्यारोपको श्रृँखला प्रधानमन्त्री ओलीले नै सुरु गरेको उनको भनाई छ । सचिवालय बैठक डाक्न पाँच जना शीर्ष नेताले लिखित रुपमै निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेका ओलीले पछि नेताहरुलाई १० पृष्ठको ओठे जवाफ दिएका थिए । त्यसैको प्रतिक्रिया स्वरुप प्रचण्डले १९ बुँदे राजनीतिक प्रतिबेदन दिनु परेको उनले बताए ।
शीर्ष नेताहरु विरुद्ध फायर खोल्ने काम ओलीले नै गरेको आरोपसमेत उनले लगाए । यस्तै, नेकपा केन्द्रीय सदस्य रामकुमार झाँक्री पनि प्रधानमन्त्री ओलीले नै पार्टी र सरकारलाई अस्थिर र निकम्मा बनाएको बताएकी छन् । हिजो साँझ एक टेलिभिजन कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले भनिन्– प्रचण्ड कम्रेडकै योगदानका कारण ओली आज प्रधानमन्त्रीको कुर्सीका विराजमान हुनुहुन्छ । आज जतिपनि नेताहरुले मौका पाएका छन् ती सबैलाई प्रचण्डले गरेको योगदानले काम गरेको हो ।
प्रचण्डले दिएको योगदान र बलिदानलाई आज पूर्व माओवादी भन्दा पूर्व एमालेका नेपाल पक्षले बढी तारिफ गर्न थालेको देखिन्छ । अहिले पनि प्रचण्डलाई थै थै गर्ने काम पूर्व माओवादी भन्दा नेता नेपाल पक्षकाले बढी गरेको देखिन्छ । यो अवस्थाको राम्रो आंकलन ओली पक्षले गरेको छ । त्यसैले कदाचित पार्टी एकताको नाममा ओलीले लचकता देखाए नै भनेपनि नेता नेपाल झुक्ने अवस्थामा नरहेकाले समस्या देखिएको छ ।
प्रचण्डलाई व्यवस्थापन गर्न गाह्रो छैन, तर नेपाल चाहिं समस्याका जड देखिएको छ– बालुवाटार निकट स्रोत भन्छ । त्यसैले पनि अबको यात्रा प्रचण्ड भन्दा नेपालसँग गर्न अफ्ठेरो हुने अनुमान ओली पक्षले गरेको छ । नेपाल पक्षलाई मिलाउने कि प्रचण्डसँगै झुक्ने दुई विकल्प छन् भन्दै स्रोतले भन्यो– यसमा पनि ओली पक्षका नेताहरु विभाजित छन् ।
इश्वर पोखरेललगायत हार्डलाइर नेताहरु कसैसँग झुकेर मिल्नुभन्दा पार्टी नै अलग गरेर जाँदा उचित हुने पक्षमा रहेको छ । यस्तै शंकर पोखरेललगायत नेताहरु भने आवश्यक परे एक कदम पछाडि सरेर भएपनि सहमति गर्दा राम्रो हुने सल्लाह दिइरहेको छन् । तर प्रधानमन्त्री ओली भने के गर्ने भन्नेमा अझै द्विविधामै रहेका छन् । धेरैले गरेको अनुमान अनुसार, ओली अन्ततः हार्डलाइनरकै सल्लाह बमोजिम पार्टी विभाजन गरेर भएपनि नेता नेपाल र प्रचण्डलाई देखाइदिने कित्तामा जानेछन् । त्यसैलाई बल पुग्ने गरी ओलीको प्रतिबेदन तयार हुनेपनि स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार