काेराेनाले विराटनगरमा ४ जनाको ज्यान गयाे
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १९:२०:२०
१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विराटनगरमा ४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।
धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियाे ।
धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको मंगलबार राति ९ः१५ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई पनि कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषको मंगलबार राति ११ः४० बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनमा साँझ संक्रमण पुष्टि भएको थियो ।
धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २६ कात्तिकमा अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
आईपीएलमा आज पञ्जाव र मुम्बईको खेल हुँदै
बैशाख ६, २०८१ बिहिबार
पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश
बैशाख ६, २०८१ बिहिबार