टिकटकमा १६ वर्षे किशोरीले बनाइन् १० करोड फलोअर
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १९:५९:७
१० मंसिर, काठमाडौं । टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन्।लोकप्रिय भिडिओ शेअरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली डुमिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी हुन्।
केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडिओमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन्। उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला ‘डिनर विथ द डुमिलिओ’ को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो।
विरोधस्वरूप ६,००,००० भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए। तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो।
टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन्। ‘दश करोड मानिसले मलाई समर्थन गर्दैछन्।।।। यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन,’ उनले लेखेकी छन्।
दशौँ लाख डलर कमाइ
धेरै प्रयोगकर्ताले जस्तै पहिलो पटक चार्लीले पनि शयनकक्षमा नाचेको व्यक्तिगत भिडिओ टिकटकमा हालेकी थिइन्। भिडिओ शेअरिङ एप अहिले टिकटक विश्वभरि लोकप्रिय भनेको छ । गत वर्ष टिकटक र बाहिर पनि उनको धेरै चर्चा भयो। पाँच करोड फलोअर हुने पहिलो कीर्तिमान पनि उनले गत एप्रिलमा राखेकी थिइन्।
गत वर्ष उनले एउटा एनिमेटिड चलचित्र ुस्टारडग एन्ड टर्बोक्याटुका लागि आफ्नो स्वाराङ्कन गराइन्। फ्याशन र सौन्दर्य प्रशाधनका विश्वविख्यात ब्र्यान्डहरूसँग उनको व्यावसायिक सम्बन्ध छ। यही वर्ष उनको एउटा पुस्तक पनि प्रकाशित हुँदैछ। फोर्ब्सका अनुसार गत वर्ष उनले विभिन्न ब्र्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन्।
विवाद
यो वर्षको आरम्भतिर टिकटकमा ूरेनगेडू नृत्य ट्रेन्ड हुँदा उनलाई श्रेय दिइएपछि चार्ली विवादमा परेकी थिइन्। त्यो नृत्य वास्तवमा जोर्जिआकी जालैया ह्यार्मोन नामक अश्वेत किशोरीले सुरु गरेकी थिइन्।
चार्लीले आफूले त्यो ट्रेन्ड सुरु गरेको दाबी गरेकी थिइनन्। तर टिकटकको एल्गोरिदममा उत्पन्न समस्याका कारण जातीय पूर्वाग्रह झल्किनेगरी विवाद उत्पन्न भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार