नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २१:३०:४६
११ मंसिर, काठमाडौं । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४.४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि हिमाली क्षेत्रमा सबै भन्दा धेरै ४.३९ प्र्रतिशत मूल्यवृद्धि रहेको देखाएको छ ।
राष्ट्र बैंकले साउनदेखि असोजसम्मलाई आधार मानेर गरेको अध्ययनअनुसार सबैभन्दा कम मूल्यवृद्धि भने पहाड क्षेत्र रहेको छ । पहाड क्षेत्रमा मूल्यवृद्धि ३.०३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत मूल्यवृद्धि रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा यो वर्षको असोजसम्ममा मूल्यवृद्धिमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ४.८९ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, हिमालमा ५.११ प्रतिशत र काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत रहेको थियो । त्यस्तै, उपभोक्ता मुद्रा स्फीतिदर पनि घटेको छ ।
आर्थिक वर्षको सुरुदेखि नै घट्दोदरमा रहेको मूल्यवृद्धि असोज मसान्तमा ३.७९ प्रतिशतमा ओर्लेको विवरणमा उल्लेख छ । खाद्य तथा गैरखाद्य मुद्रास्फितिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फिति घटेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार