मैसाबले घाइते दिलमा आरा चलाइस्यो !
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार १:१:१५
११ मंसिर, काठमाडौं । कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।
राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यती नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ। लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ। बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन्।
पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ। केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन्।
भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन्। कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन।
झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ। गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ। कैलाश राई (सिक्कीम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ।
कविराज गहतराजले गीतअनुसार लोकेशन र ड्रेस छनौट गरेको जनाउँदै यो भिडियो आफ्ना लागि चुनौति भएको बताए। ‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो। अर्कोतिर सिक्कीमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनलरुपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो। निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ’ कविराजले भने। गायक सत्यराज आचार्यले यो म्युजिक भिडिया आफुहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडियो बनेको बताए। ‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन्।
रोयल तामझामका साथ सुटिङ गरिएको छ। हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो। धेरैपछि रोमान्टि डान्सिङ नम्बर ल्याएका छौँ’ उनको भनाई छ। ‘यो हाम्रो ३ वर्षपछिको एलबम होे। वास्तवमा हामीले यो गीत अमेरिकाको सांगितीक यात्राका क्रममा बनाएका थियौँ। यसको कम्पोजचाहिँ कवाली गजल टाइपको छ, एरेञ्जमेन्टचाहिँ मोडर्न डान्सिङ नम्बरमा गरिएको छ। लामो समयपछि आएको भएर हामीले मास र क्लासलाई ध्यान दिएका छौँ’ स्वरुपराज भन्छन्।
म्युजिक भिडियोका छायांकार सुदीप बराल गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको बताए। निर्माता कैलाश राईले सिक्कीमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए। म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार