विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार १:४९:४९
११ मंसिर, काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा बा.७ ख ५८६४ नम्बरको बसबाट नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट नाइट्राभेट सहित सिरहा कर्जना नगरपालिका-९ बस्ने १९ वर्षीय राहुल कुमार पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पासवानले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३१ नहरचोकबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र ३ हजार ७ सय रुपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-३१ किमबेशी बस्ने २६ वर्षीय जिबन भुजेल, रुपा गाउँपालिका-७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका-३१ लामागाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुले झोलामा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार