पेन्सन बुझ्न भारतको झुलाघाट पुगेका नेपाली अलपत्र
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १५:३७:१७
१२ मंसिर, बैतडी । पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् । एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरुले बताएका छन् । लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिए ।
कति जनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उनले बताए । पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन् । खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ । उनले भने, “नाका खोलेर कति जनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ । पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ ।”
पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरुलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताए । उनले भने, “घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।” पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताए । उनले भने, “पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकैदिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।”
सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताए । उनले भने, “बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।” पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ ।
बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् । उनीहरुले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार