हुम्लाका गाउँगाउँमा पहिलोपटक सुरक्षा गस्ती परिचालन
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १५:५७:३८
१२ मंसिर, सिमकोट । पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ । जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।
सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मंसिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।
पहिलोपटक मंसिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।
पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार