कसले जित्ला ! उद्योग वाणिज्य महासंघको चुनाव ?
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १८:१६:५
१२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव हुन अझै केही घण्टा बाँकी छ । वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी मैदानमा छन् । बिहीबारदेखि काठमाडौंमा शुरु भएको साधारणसभामा आगामी नेतृत्वका लागि शनिबार मतदान हुनेछ ।
सहमति नभए शनिबार बिहानदेखि चुनाव शुरु हुनेछ । यसपटकको चुनावमा ढकाल र प्रधानबीच चर्को प्रतिष्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले पछिल्ला बर्षमा महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि चुनाव हुने गरेको हो ।
अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अब स्वतः अध्यक्ष बन्नेछन् । स्वतः अध्यक्ष हुन लागेका गोल्छाले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई समर्थन गरेका छन् । समर्थन मात्रै होइन, प्रधानलाई जिताउन गोल्छा चुनावी अभियान्ता नै बनेका छन् ।
यसले अर्का बलियो दाबेदार चन्द्र ढकाललाई ठूलो धक्का दिएको छ । ढकाल र प्रधानबीच कडा प्रतिष्पर्धा शुरु भएपछि महासंघको चुनाव पनि रोचक हुने अपेक्षा छ ।
ढकाल बलियो कि प्रधान ?
शुरुमा चन्द्र ढकालको उम्मेद्वारीको चर्चा शुरु भएदेखि नै महासंघमा उनको प्रभाव बढ्ने अपेक्षा थियो । पछिल्लो समय व्यवसायमा चम्किएका ढकालको बढ्दो प्रभाव र व्यापारले पनि उनलाई महासंघमा बलियो बनाउने धेरैको अपेक्षा थियो ।
ग्लोबल आईएमई बैंकका संस्थापक ढकाल आईएमई रेमिट र चन्द्रागिरी केबलकारबाट बढी चर्चित छन् । आफ्नो व्यापार बढाउँदै लगेका ढकालको बढ्दो प्रभाव रोक्न अरु व्यापारीलाई पनि त्यत्तिकै चुनौति थियो । ठीक यही बेला किशोर प्रधानले उम्मेद्वारी घोषणा गरे । ढकाल र प्रधान दुवै जना वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् ।
ढकालको तुलनामा कमजोर मानिएका प्रधानलाई अध्यक्ष बन्न लागेका गोल्छा र पूर्व अध्यक्षले समर्थन गरेपछि अहिले उनको प्रभाव बढ्दो छ । प्रदेश र जिल्लामा पनि गोल्छाकै नेटवर्कमार्फत प्रभाव बढाएपछि महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको चुनाव झन रोचक बनेको हाे ।
ढकालले आफूलाई धेरैको समर्थन रहेकाले चुनाव जित्ने दाबी गरेका छन् । प्रधानले भने नेतृत्वले खोजेको प्यानल भन्दै अब आफूलाई चुनाव जित्न कसैले नरोक्ने बताइरहेका छन् । प्रदेशमा समेत शुरुमा कम प्रभाव बनाएको प्रधान समूह अहिले बलियो पकडमा छ ।
प्रदेश १, २ र बाग्मतीमा आफ्नो जित सुनिश्चित देखेको प्रधान समूह कर्णाली, सुदुरपश्चिम र गण्डकीमा पनि प्रभाव बढाईरहेको छ । ढकाल समुह भने पूर्वको तुलनामा पश्चिमका जिल्लामा प्रभावशाली देखिएको छ ।
यसअघि ढकालको प्रभाव मानिएपनि अहिले प्रधानको पकड बलियो हुँदै गएपछि नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा कसले बाजी मार्छ ? भनेर एकिन गर्नै हम्मे हम्मे परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार