चितवनकाे माडीमा बिओपी स्थापना
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १८:२३:३५
१२ मंसिर, चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।
सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।
यहाँ सशस्त्र प्रहरी निरीक्षकका नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने उनले जानकारी दिए । जिल्लामा पर्ने ८८ किलोमिटर सिमानामध्ये सबै माडी नगरपालिकामा पर्छ । अहिले स्थापना भएका छ पोष्टका लागि प्रतिपोष्ट १४ दशमलब पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ ।
पोष्टको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारीरुपमा काम गर्न आफूहरु लागिपरेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
एक करोड त्रिषठ्ठी लाखको अवैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार