ओलीले भोलि पेश गर्ने प्रतिवेदनमा के छ ?
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार २०:१:८
१२ मंसिर, काठमाडौं । भोलि मंसिर १३ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको रडाकोले नयाँ गति र गन्तब्य पहिल्याउला त ? राजनीतिप्रति चासो राख्ने धेरैको मनमा यस्ता प्रश्न उब्जिएका छन् । किनभने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले भोलि बस्ने सचिवालय बैठकमा “इँटका जवाफ पत्थर से” भन्ने हिन्दी कहाबत अबलम्बन गर्ने उद्घोष गरेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनप्रति ओली आक्रोशित छन् । उनले मंसिर ३ गतेको बैठकमा तोकेरै भनेका थिए– कार्यकारी अध्यक्षले बाँडेको कागज राजनीतिक प्रतिवेदन नभई केवल आरोपपत्र मात्र हो । त्यसलाई म खारेज गर्छु , साथै मैलेपनि त्यसको जवाफ उचित ढंगले दिनेछु ।
यस प्रयोजनका लागि ओलीले १० दिनको म्याद मागेका थिए । त्यो म्याद भोलि अर्थात, मंसिर १३ मा समाप्त हुँदैछ । यस्तै सरकार बनेदेखि नै अस्थिरता निम्त्याउने काम भएकोमा आक्रोश पोख्दै ओलीले तयार गरेको प्रतिवेदनमा यस्तो दुश्कर्म प्रतिपक्षीले समेत गर्दैन तर आफ्नै पार्टीको सरकारलाई बद्नाम गराउने प्रयास भएको छ, त्यसलाई म पूर्णतः खारेज गर्छु ।
गएको मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रतिवेदनलाई एकांकी र फगत आरोपपत्र भन्दै त्यसको प्रतिकार गर्ने बताएका थिए । ओलीको भाषा र शैलीले पार्टी विभाजनको डिलमा पुगेको अनुमान गरिएको थियो ।यसबीचमा ओलीले दुईथरि प्रयोग गर्न खोजे । पहिलो त उनले प्रचण्डलाई आफ्नो प्रतिवेदन फिर्ता गराउन भरमग्दूर प्रयास गरे । तर प्रचण्डले अस्वीकार गरेपछि भने उनी जवाफ दिने मनस्थितिमा पुगे ।
गएको निर्वाचनमा गठबन्धन गरेपनि माओवादी केन्द्र अलगै प्रतिस्पर्धामा रहेको र तेस्रो ठूलो पार्टीको हैसियत बनेको दलको नेताले पहिलो हैसियतको तत्कालिन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न त्याग गरें भन्ने कुरा कत्तिको जायज र पत्यारिलो हो भन्दै प्रतिवेदनमा प्रश्न उठाएका छन् ।
जवाफ दिंदा कस्तो खालको भाषा र शैली अपनाउने भन्नेमा पनि उनी दोधारमा परे । उनी वरिपरि बसेकाहरु पनि दुई खाले विचारबाट प्रभावित छन् । एकाथरिले अरु गैरजिम्मेवार भएपनि ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले नरम बन्नुपर्ने धारणा राखे । यसमा लुुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङहरु थिए । ओलीले उनीहरुको कुरा सुनेर नरम भाषा प्रयोग गर्ने गरी प्रतिवेदन तयार गर्न अह्राएका थिए ।
तर पछिल्लो समय भने ओलीका कट्टरपन्थी शुभचिन्तकहरु ईश्वर पोखरेल, विष्णु रिमालहरु हावी भएका छन् । उनीहरु चाहिं प्रचण्डलाई पाखा नलगाएसम्म पार्टीमा भाँडभैलो भइरहने तर्क गर्दै कडा शव्द प्रयोग गरी जवाफ फर्काउनुपर्ने पक्षमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमेत यही समूहसँग निकट भएकाले ओलीले पूर्व मनस्थिति परिवर्तन गरेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार, भोलि सचिवालय बैठकमा प्रस्तुत हुने प्रतिवेदन ज्यादै कडा छ । ओलीले प्रचण्डका एक एक शव्दको जवाफ दिने प्रयत्न गरेका छन् । ओलीले आफ्नो प्रतिवेदनलाई दस्ताबेज युद्धको संज्ञा दिएका छन् । साथै, ओलीले प्रचण्डले उठाएका हरेक बुँदाको जवाफ तयार गरेका छन् । त्यसैले प्रतिवेदन लामो बनेको छ, करिब ४२ पृष्ठको हुनसक्छ–स्रोतले भन्यो ।
ओलीले मूलतः प्रचण्ड युद्ध अपराधी भएको कुरालाई जोडतोडले उठाएका छन् । माओवादी द्वन्द्वका बेला प्रचण्डले युद्ध अपराध गरेको आफैंले स्वीकार गरेकाले अन्तराष्ट्रिय फौजदारी अदालतमा प्रश्न उठ्न सक्ने औंल्याएको प्रतिवेदन प्रस्तुत हुँदैछ । जनयुद्धका बेला मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने भनी प्रचण्ड स्वयंले स्वीकार गरेको प्रसंगसमेत प्रतिवेदनमा उल्लेख भएको बुझिएको छ । साथै, चितवनको बाँदरमुढे घटनाको दोषसमेत प्रचण्डले लिनुपर्ने अवस्थाको पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।
प्रतिवेदनमा ओलीले ०७४ सालको स्थानीय निर्वाचनका बेला भरतपुरमा मतपत्र च्यातेर प्रचण्डले छोरीलाई जिताउन गरेको प्रपञ्चको पनि उल्लेख गरेका छन् । स्रोत भन्छ– निर्वाचनमा लज्जास्पद पराजय हुने भएपछि यो हदको तिकडमबाजी गर्नेले नैतिकताको पाठ पढाउने ? भन्ने प्रश्न उठाइएको छ । साथै, नेपालको राजनीतिमा धोकेबाज सम्राटको उपाधि प्रचण्डलाई दिनुपर्ने प्रसंगसमेत उठाइएको स्रोतले बताएको छ । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले पाएको जनमतको प्रचण्डले दुरुपयोग गरेको भन्दै कहिले गिरिजाप्रसाद कोइराला त कहिले माधवकुमार नेपाललाई काखी च्याप्दै धोका दिने प्रवृत्ति देखाएको पनि आरोप लगाइएको छ ।
ओलीको प्रतिबेदन प्रस्तुत भएपछि भने नेकपाले कुन बाटो लिने भन्ने तय हुने अनुमान गरिएको छ । यद्यपि पार्टी विभाजनकै तहमा पुग्ने भन्ने विषय चाहिं भोलिको बैठकबाट तय हुने अवस्था छैन ।
पहिलो संविधानसभा निकम्मा हुनुको कारण पनि प्रचण्डको दोधारे नीति नै भएकाले नेपाल र नेपाली जनताले लामो संघर्ष गर्नुपरेको आरोप ओलीको प्रतिवेदनमा लगाइएको छ । स्रोत भन्छ– ओलीले प्रधानमन्त्री पद प्रचण्डको त्यागका कारण नभइ लेनदेनका आधारमा मात्रै छाडेका हुन् । गएको निर्वाचनमा गठबन्धन गरेपनि माओवादी केन्द्र अलगै प्रतिस्पर्धामा रहेको र तेस्रो ठूलो पार्टीको हैसियत बनेको दलको नेताले पहिलो हैसियतको तत्कालिन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न त्याग गरें भन्ने कुरा कत्तिको जायज र पत्यारिलो हो भन्दै प्रतिवेदनमा प्रश्न उठाएका छन् । ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतले म प्रधानमन्त्री बन्नु स्वभाविक थियो, बरु प्रचण्डको चाहिं सत्तालिप्साको लालसा थियो भन्दै ओलीले प्रस्तुत गर्ने प्रतिवेदनमा केवल लेनदेनको दस्ताबेज मात्र हो भनेका छन् ।
प्रतिवेदनमा ओलीले तत्कालिन नेकपा माओवादी केन्द्रको अस्तित्व नै समाप्त हुन लागेको र कांग्रेसमा विलय हुने अवस्थामा रहेका बेला आफूले उद्धार गरेको प्रसंगसमेत उल्लेख गरेको स्रोतको दाबी छ । जसमा भनिएको छ– चुनावमा हामीसँग गठबन्धन नगरेको भए तपाईं काँग्रेसमा विलय हुने अवस्थामा पुगिसक्नु भएको थियो । त्यतिखेर कांग्रेस नेतृत्वको सरकारमा बस्ने र विपक्षी एमालेसँग गठबन्धन गर्ने गैरराजनीतिक एवं अनैतिक निर्णय गर्नेले अरुलाई नैतिकताको पाठ सिकाउने काम बन्द गर्नसमेत प्रतिवेदनमा उल्लेख गरेको स्रोतको भनाई छ ।
यसका अलावा आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गरी भएका अराजनीतिक गतिविधिकोसमेत ओलीले चर्चा गरेका छन् । खाली कागजमा सांसद्हरुको हस्ताक्षर गराएर मलाई तर्साउने जुन प्रयास गरिएको छ, त्यसको कुनै अर्थ छैन भन्दै प्रतिवेदनमा ओलीले भनेका छन्– राजनीतिमा दाउपेच र छिड्की लगाउने काम सधैं जायज हुन सक्दैन , म सबैखाले परिस्थितिको सामना गर्न तयार छु, जे गर्ने हो खुलेर सल्लाहबाटै गरौं । ओलीको प्रतिवेदन प्रस्तुत भएपछि भने नेकपाले कुन बाटो लिने भन्ने तय हुने अनुमान गरिएको छ । यद्यपि पार्टी विभाजनकै तहमा पुग्ने भन्ने विषय चाहिं भोलिको बैठकबाट तय हुने अवस्था छैन ।
सचिवालय बैठक लगत्तै १८ गते स्थायी कमिटी बस्ने र त्यसपछि केन्द्रीय कमिटी बस्ने गरी तय भएको छ । ती बैठकहरुमा कस्ले कस्तो रणनीति अपनाउने हुन् त्यसैमा नेकपाको आगामी यात्रा तय हुने देखिन्छ । ओलीले भोलि प्रस्तुत गर्ने प्रस्तावपनि पार्टीका तल्ला तहमा पठाइयो भने त्यसले राम्रो बहस र छलफल चलाउने र एउटा निकास दिने विश्वास कार्यकर्ता तहमा भएको देखिन्छ । त्यसैले नेकपाको पछिल्लो यात्रा कस्तो हुने हो त्यो थाहा पाउन अब केही समय कुर्नैपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार