मंगलबार , माघ १३, २०७७

छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद

छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद

१२ मंसिर, काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद गरेकाे छ ।  बाग्लुङ, ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाई छिपाई राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुक समेत गरी १७ थान भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । नुवाकोट, मेघाङ गाउँपालिका-१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय