कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शनिबार ०:३:४५
१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका–८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ ।
प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । यसअघि दैलेखकै प्राडा पुण्यप्रसाद रेग्मीलाई विसं २०७५ मंसिर ३ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद्को आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेसँगै उनले ९ गते पदबहाली गरेका थिए ।
तीन महिनाअघि उपाध्यक्ष प्राडा रेग्मीले राजीनामा दिएपछि उक्त उपाध्यक्षको पद रिक्त रहेको थियो । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका .(साविक लाटीकोईली–९ सुर्खेत) का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए । त्यसैगरी सल्यानको कुमाख गाउँपालिकाको वडा सङ्ख्या र सिमाना तथा दैलेख भगवतीमाई गाउँपालिकाको वडा सङ्ख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय उक्त बैठकले गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सुरक्षा मापदण्ड–२०७७, कर्णाली प्रदेश सुरक्षा रणनीति–२०७७ र शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीले बताए । उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बैठकमा कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको छ ।
रु २२ करोड ५७ लाख स्थानीय तहमा हस्तान्तरण गरिने
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समपूरक तथा विशेष अनुदानतर्फ रु २२ करोड ५७ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो । बैठकले समपूरक र विशेष अनुदानतर्फका आयोजनाको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष ०७६÷०७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट जम्मा रु २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार