बिहिबार , माघ ८, २०७७

न्यायिक समितिमा बाटो र माना चामलसम्बन्धी उजुरी धेरै

न्यायिक समितिमा बाटो र माना चामलसम्बन्धी उजुरी धेरै

१२ मंसिर, तनहुँ । व्यास नगरपालिकाको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाइ अधिकांश मिलापत्र गरिएको न्यायिक समिति संयोजक मीरा जोशीले जानकारी दिइन् । बाटो विवादपछि धेरै उजुरी माना चामलसम्बन्धी रहेका छन् । गत आर्थिक वर्षमा परेका २३ उजुरीमध्ये छ वटा बाटो विवादसम्बन्धी छन् भने माना चामलसम्बन्धी पाँच उजुरी परेको संयोजक जोशीले बताइन् ।

सामुदायिक, सरकारी तथा सार्वजानिक जग्गामा व्यक्तिगत प्रयोजनका लागि बाटो अतिक्रमण कार्यलाई रोकेर संरक्षण गर्नुका साथै बाटोलाई समेत निकास गरिएको छ । श्रीमान् श्रीमतीबीच झगडा भई मानाचामलका लागि परेको उजुरीमा पनि पक्ष र विपक्ष बोलाई मेलमिलापद्वारा समस्या समाधान गरिएको समितिले जनाएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा जिम्मेवारी सरी आएका ११ मुद्दामध्ये सात फछ्र्यौट गरी चार बाँकी रहेका प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिए । उनका अनुसार ०७६/०७७ मा दर्ता भएका २३ मध्ये १४ फछ्र्यौट भई नौ वटा बाँकी रहेका छन् । आर्थिक वर्ष ०७७/०७८ मा जिम्मेवारी सरी आएका मुद्दाको सङ्ख्या १३ रहेको छ ।

ठेकदारले ज्याला नदिएका जस्ता उजुरीलाई पनि मिलापत्र गराएर मजदुरलाई ज्याला दिलाइएको छ । उनले भने, “मजदुरले ज्याल नपाएका बेला मिलापत्र गराएर ज्याला दिलाउँदा न्यायिक सम्पादन भएको महसुस भएको छ ।”

कानुनी कठिनाइ आएका विषयमा सहजीकरणका लागि अधिवक्ता यज्ञ रानालाई कानुनी सल्लाहकार राखिएको सो समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक जोशीसहित न्यायिक सम्पादनका सदस्य कृष्णदेवि खनाल र लक्ष्मी परियार गरी तीन सदस्यीय समिति छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरिया हिमवर्तीकाे २० डिग्री सेन्टिग्रेडको सिरेटोमा नेपाली शान्ति सैनिक सरिया हिमवर्तीकाे २० डिग्री सेन्टिग्रेडको सिरेटोमा नेपाली शान्ति सैनिक १४ घण्टा पहिले
कोलम्बीयामा पत्रकारको हत्या कोलम्बीयामा पत्रकारको हत्या ४ हप्ता पहिले
कास्कीमा पिउने पानी दूषित भेटिएपछि अदालतमा मुद्दा ! कास्कीमा पिउने पानी दूषित भेटिएपछि अदालतमा मुद्दा ! ३ दिन पहिले
रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसकाे  माग रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसकाे माग १ दिन पहिले
चिनियाँ राष्ट्रपतिको सन्देश लिएर उपमन्त्री काठमाडौंमा चिनियाँ राष्ट्रपतिको सन्देश लिएर उपमन्त्री काठमाडौंमा ४ हप्ता पहिले
झापाका अधिकांश ग्रामीण क्षेत्र समृद्ध बन्दै झापाका अधिकांश ग्रामीण क्षेत्र समृद्ध बन्दै १० घण्टा पहिले
एकीकरणको प्रारम्भिक विन्दुमा एकता दिवस : पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा एकीकरणको प्रारम्भिक विन्दुमा एकता दिवस : पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा १ हप्ता पहिले
माझीले भनेपछि पत्ता लाग्यो इण्डोनेसियाली जहाज दुर्घटनाको ठाउँ माझीले भनेपछि पत्ता लाग्यो इण्डोनेसियाली जहाज दुर्घटनाको ठाउँ २ हप्ता पहिले