दाइँ साहित्य
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शनिबार १:३६:४७
१२ मंसिर, काठमाडौं । नेपाली साहित्यमा नयाँ प्रयोग गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र चिति साहित्य समाजको आयोजनामा आज बेँसीशहर नगरपालिका–११ बरबोटफाँटमा नवौँ दाइँ साहित्य सम्पन्न भएको छ ।
बेंसीशहरबाट त्यहाँ पुगेका राष्ट्रिय तथा जिल्लास्तरीय साहित्यकार किरण बराल, वसन्त अधिकारी, आनन्द घिमिरे, तेजनारायण अधिकारी, शिव जोशी, अमृता पौडेललगायत साहित्यकारले कोरोना र दाइँसम्बन्धी गीत, कविता र गजल सुनाएका थिए ।
त्यस्तै लोक तथा दोहोरी प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी र स्थानीय महिला आमा समूहबीच कोरोनासम्बन्धी दोहोरीसमेत प्रस्तुत गरिएको थियो । दाइँको खला साहित्यकार र साहित्यानुरागीको जमघटले साहित्यमय भएको थियो ।
साहित्यलाई किसानको चासोको विषय बनाउने तथा तिनका दुःख, पीडा र कर्मलाई तिनकै कर्मथलोमा सुनाउनुपर्छ भन्ने उद्देश्य लिएर कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेनबहादुर सुयलले बताए । चिती समाजका अध्यक्ष स्थिरबाबु घिमिरेले साहित्यको शुरुआत मेलापात, खेतीकिसानी, रोपाइँ–दाइँ जस्ता कृषि कर्म तथा विवाहव्रतबन्ध जस्ता धार्मिक तथा सांस्कृतिक पर्वमा भएको जनाउँदै आफूहरुले साहित्यलाई किसानको घरदैलो र खेतबारीसम्म पु¥याई तिनको मनोबल बढाउने काम गरेको बताए ।
स्थानीयवासी कृषक लवराज जोशीको खलामा भएको दाइँ साहित्यको नगर प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै यस्ता कार्यक्रमले परम्परा जोगाउने तथा साहित्य र कला सिर्जनाको संरक्षणमा टेवा पुग्ने बताए। उनले भने, “साहित्य तथा कला क्षेत्र बचाउनका लागि नगरपालिका साहित्यकारहरुसँगै अघि बढ्छ । अब परम्परागत तरिकाले मात्र कृषि उत्पादन हुन नसक्ने भएकाले कृषिको यान्त्रीकीकरण गर्नुपर्छ ।” कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख रोहिणिराज घिमिरेले कृषकको मनोबल उच्च बनाउन कृषि क्षेत्रमा सरकारले विभिन्न आवश्यक सहयोग गर्दै आइरहेको बताए । पोखरा महानगरपालिका वडा नं १८ चिसाखोला खेतमा दाइँ हाल्दै स्थानीय किसान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार