आज बिहान काठमाडौंमा किन बढी चिसो महसुस भयो ?
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ शनिबार १९:०:५१
१३ मंसिर, काठमाडौं । काठमाडौंमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो ।
यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । “राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भने । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १३ गते (शनिबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १४ गते (आइतबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १५ गते (सोमबार)
दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार