अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार १:२९:६
१३ मंसिर, लहान । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।
ग्रिन डायमण्ड एण्ड एग्रीकल्चर फार्म एण्ड रिसर्च सेन्टर प्रालि मादी– ८ कास्कीको नाममा १० क्विन्टल अलैची र रु पाँच लाख राजश्व तिरेको बील रहेकामा मिनीट्रकमा ३० क्विन्टल अलैची भेटिएकाले अनुसन्धानका लागि मिनीट्रक र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ का ३१ वर्षीय सुजन परियारलाई नियन्त्रणमा लिएको उनले बताए ।
नियन्त्रणमा लिएको अलैचीसहित मिनीट्रक र चालकलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार