पछिल्लो २४ घण्टामा १३८० नयाँ संक्रमित थपिए
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ४:२४:२४
१३ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८० नयाँ काेराेना भाइरस संक्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा ८३४ पुरुष र ५४६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा ३७, वाग्मतीमा ७४७, गण्डकीमा २२१, लुम्बिनीमा १७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३६० पुरुष र २८५ महिला गरी ६४५ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख ३० हजार ७२३ पुगेको छ । संक्रमितमध्ये दुई लाख ११ हजार १८६ संक्रमणमुक्त भएका छन् । जुन ९१।५ प्रतिशत हो । आज ५१५ जना कोरोनामुक्त भएका छन् । १८ हजार ८३ सक्रिय संक्रमितमध्ये १२ हजार ५४६ होम आइसोलेनसमा रहेका छन् भने ३२५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङ र डोल्पामा संक्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४५४ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार