फेसबुकमाथि झण्डै ७२ करोड जरिवाना
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ४:४२:१३
१३ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकलाई ७२ करोड जरिवाना ताेकिएकाे छ । दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको हाे । प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो ।
दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको छ । गत अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये कम्तिमा पनि ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको गराएको अनुसन्धानले देखाएको उल्लेख गरेको छ ।
सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारीसमेत नहुने गरेको आयोगको भनाइ छ ।
फेसबुक लगइन भित्रबाट अन्य अपरेटरको सर्भिस प्रयोग गर्दा प्रयोगकर्ताको फेसबुक साथीहरुका समेत व्यक्तिगत जानकारीहरु ती अपरेटरहरुले प्राप्त गर्ने गरेका छन् । आयोगका अनुसार फेसबुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ र कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि सिफारिस गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा
चैत १४, २०८० बुधबार
नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार