क्लब स्थापना दिवसका अवसरमा विद्यालयलाई सहयोग
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १५:३७:३४
१४ मंसिर, पोखरा । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका–२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्र्याकसुटका साथै स्टेशनरी र खेलकूदका सामग्री वितरण गरेको हो ।
क्लबले केही वर्ष अघिदेखि फजुल खर्च गरेर आफ्नो स्थापना दिवस मनाउने परिपाटीको अन्त्य गर्दै विभिन्न सामाजिक काम गरी स्थापना दिवस मनाउँदै आएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक टङ्कराज अधिकारीले जानकारी दिए ।
सोही अवसरमा बाबा फाउण्डेशन नेपालद्वारा उपलब्ध गराइएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फउण्डेशनले विगत पाँच वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।
भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै त्यसतर्फ केन्द्रित बन्न विद्यालयलाई सुझाव दिए । संविधानले मौलिक हकका रूपमा शिक्षालाई उल्लेख गरेको चर्चा गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिए ।
क्लबले सामाजिक सेवाका क्षेत्रमा आफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले विद्यालयमा यसअघि पुस्तकालय स्थापनामा पनि सहयोग गरेको जानकारी दिए । आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने उनीहरुको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार