अब शेखर गोल्छा र चन्द्र ढकालको टक्कर !
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १६:५९:२९
१४ मंसिर, काठमाडौं । व्यापारीहरुको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच कडा टक्कर हुने भएको छ । किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजय भएपछि महासंघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच कडा टक्कर हुने भएको हो ।
महासंघको अध्यक्ष बनेका शेखर गोल्छाले शुरुदेखि नै वरिष्ठ उपाध्यक्षमा प्रधानलाई समर्थन गरेका थिए । ढकालभन्दा कमजोर देखिएका प्रधानलाई गोल्छाले नै सहयोग गरेर चुनाव जित्ने अवस्थामा पुर्याएका थिए । तर पनि ढकालको पैसा र पावरका पछाडि प्रधानको केही लागेन ।
अरु पदमा प्रधान समूहकै व्यापारीहरुले जीत हासिल गर्दा वरिष्ठ उपाध्यक्षमा भने ढकालले राम्रै मतान्तरले जिते । गोल्छाले नचाहेपनि ढकालले आफ्नै बलबुतामा चुनाव जितेर उद्योग वाणिज्य महासंघमा पकड बनाएका छन् ।
दुई बर्षपछि स्वतः अध्यक्ष बन्ने धुनमा रहेका ढकालले अब आफ्नो व्यापारसँगै प्रभुत्व पनि बढाउनेछन् । राजनीतिक समन्वयमा पनि अरु व्यापारीभन्दा अगाडि देखिएका ढकालले अब महासंघको अहिलेको संरचना र नमुना कामको विवरण कति फेर्न सक्छन् ? भन्ने हेर्न बाँकी छ ।
गोल्छा र ढकालको टक्कर
महासंघमा शेखर गोल्छाको आफ्नै शक्ति र प्रभुत्व छ । महासंघ भित्रका व्यापारीमा गोल्छा नयाँ एलिटका रुपमा पनि परिचित छन् । नेपालमा उच्च व्यापारिक घरानाका रुपमा परिचित रहेका गोल्छाले महासंघको नेतृत्वमा अघि बढ्दो अहिले चन्द्र ढकालको जस्तै अवरोध खेप्नु परेको थियो ।
गोल्छाले आफ्नै पकडमा महासंघको नेतृत्वसम्म पुगेर अरुलाई पनि चुनौतिको बाटो रोज्न प्रेरणा दिए । विगतका दिनमा चण्डी ढकालजस्ता व्यक्तिहरू गोल्छा प्रतिभावान व्यापारी भएपनि महासंघको नेतृत्वमा आएको रुचाउँदैन थिए ।
नयाँ चुनौति लिएर अघि बढ्ने चाहने गोल्छा आफ्नै बलबुतामा महासंघको नेतृत्वमा पुग्दा आज चन्द्र ढकालले पनि त्यही बाटो रोजेका छन् । तर त्यही बेला गोल्छाले अर्का उम्मेद्वार किशोर प्रधानलाई साथ दिए ।
इमान्दार व्यापारीका रुपमा आफ्नो परिचय बनाएका प्रधानले सबै प्रयास गरेपनि चुनाव जित्न सकेनन् । उनले गोल्छाको साथ सहयोग र समर्थनबाट चुनाव जित्ने सम्भावना पनि देखाएका थिए । तर त्यो परिणाममा देखाउन सकेनन् ।
प्रधानलाई पन्छाउँदै गोल्छाको नजिक चन्द्र ढकाल पुगेका छन् । अब यसले महासंघका हरेक ठाउँमा दुई जना व्यापारीको टक्कर पर्नेछ । नियतका हिसाबले उनीहरु महासंघलाई बलियो बनाउन चाहेपनि अब इगोलाई व्यवस्थापन गर्नु पहिलो आवश्यकता हो । त्यो उनीहरु कसरी गर्छन् ? हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
चैत १५, २०८० बिहिबार
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार