एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौंमा हुँदै
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १८:४०:५४
१४ मंसिर, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौंमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।
गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौंमै आयोजना गरिने बताइएको छ ।
गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।
विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।
कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म ‘एचआरआरपी’, क्याथोलिक रिलिफ सर्भिसेस ‘सिआरएस’, इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज ‘आइएफआरसी’, युरोपियन युनियन ‘इयु’, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ‘आइओएम’ ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासंघले समन्वय गर्ने प्राधिकरणले जनाएको छ । कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गनें भने अध्यक्षता मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले गर्नुहुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार