रोल्पामा दुई जनाको शव फेला
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १९:४९:५४
१४ मंसिर, रोल्पा । रोल्पामा दुई जनाको सडेको अवस्थमा शव फेला परेका छन् । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा दुई पुरुषका शव फेला परेका हुन्।
माछा मार्न गएका स्थानीयले खोल्सामा नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मुचुल्का उठाएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले शव सडेको हुँदा पहिचान गर्न गाह्रो भएको बताएका छन् । उनका अनुसार घटनास्थल सदरमुकाम लिवाङदेखि झन्डै ४३ किलोमिटर टाढा पर्छ।
शव फेला परेको खबरपछि रातभर खोलामै प्रहरी पहरा दिएर बसेको र मुचुल्का तयार पारी अस्पताल पुग्दा दिउँसो ३ बजेको डिएसपी सुवेदीले जानकारी दिए।
अहिले पोष्टमार्टमको लागि दुइटै शव जिल्ला अस्पताल लिवाङमा राखिएको छ। शव भेटिएपनि कसरी मृत्यु भएको हो भन्ने खुलेको छैन् । पहिचान नखुलेकाले मृत्युको कारण खुलाउने अवस्था नरहेको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार