एक बर्षपछि १३ औं सागको खर्च विवरण सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ सोमबार २:१०:२५
१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले एक वर्षपछि १३औँ दक्षिण एसियाली खेलकुद सागको खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताए ।
राखेपले आज पत्रकार सम्मेलन गर्दै २०७६ साल मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औँ सागको खर्च विवरण सार्वजनिक गरेको हो ।
साग सम्पन्न भएको तीन महिनाभित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने योजना भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको उल्लेख गरे । सदस्यसचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ ।
सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उहाँले जानकारी दिए । यसैगरी रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताए ।
सदस्यसचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो । साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख ८८ हजार खर्च भएको छ । होटल बसोबासमा रु १३ करोड ५९ लाख ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ रु १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ ।
यसैगरी १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई प्रदान गरिएको पुरस्कारबापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ । सदस्यसचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ । सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको उहाँले जानकारी दिए ।
यसैबीच सदस्यसचिव सिलवालले यसवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनेर घोषणा गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो मङ्सिर मसान्तसम्म लाग्ने बताए । कोरोना महामारीका कारण नवौँ राष्ट्रिय प्रतियोगिताको समय तालिका निर्धारण गर्न नसकिएको उहाँले उल्लेख गरे ।
खेलकुद प्रतियोगिता कोरोना सङ्क्रमण बढाउनका लागि नभएको उनको भनाइ थियो । यस्तै १४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भएको तर पाकिस्तानले गर्नसक्ने वा नसक्नेबारे निर्णय गर्न बाँकी रहेको सिलवालले उल्लेख गरे ।
पाकिस्तानले साग आयोजना गर्न असफल भए बङ्गलादेश र श्रीलङ्काले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार