मंगलबार , माघ १३, २०७७

एउटै कम्पनीमार्फत चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियाे

एउटै कम्पनीमार्फत चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियाे

१५ मंसिर, धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स ‘विप्रेषण’ भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए । विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।

असोज महिनामा मात्रै रु ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक रु ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण १३ घण्टा पहिले
गण्डकीमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुग्याे गण्डकीमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुग्याे १८ घण्टा पहिले
कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला १३ घण्टा पहिले
सेफ बुढाथोकी न्यूजलाइन्स सम्मान–२०२१ बाट सम्मानित सेफ बुढाथोकी न्यूजलाइन्स सम्मान–२०२१ बाट सम्मानित १६ घण्टा पहिले
सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने ९ घण्टा पहिले
गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी ९ घण्टा पहिले
बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो १७ घण्टा पहिले
पर्यटकलाई अतिथि देव भव अनुसार व्यवहार गर्नुपर्छ : आईजीपी थापा क्षेत्री पर्यटकलाई अतिथि देव भव अनुसार व्यवहार गर्नुपर्छ : आईजीपी थापा क्षेत्री १५ घण्टा पहिले