फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १४:२४:११
१५ मंसिर, काठमाडौं । फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले आगामी साता फाइभजीका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी गरेको हो । ब्रोडब्यान्ड मोबाइल नेटवर्क प्रविधिको पाँचौं पुस्ता केही देशमा परीक्षणका रूपमा सुरु भइसकेको भए पनि नेपालमा यसका लागि हालसम्म फ्रिक्वेन्सी निर्धारण भएको छैन ।
फोरम बैठकले आगामी शुक्रबारसम्ममा फाइभजीका लागि सबैभन्दा उपयुक्त फ्रिक्वेन्सी सिफारिस गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईं संयोजकत्वको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेलसहित सेवा प्रदायकका प्रतिनिधि सदस्य छन् ।
फोरममा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि पनि समावेश छन् । फोरमले छलफल गरी नेपालका लागि फाइभजीलाई उपयुक्त फ्रिक्वेन्सी छनोट गरी प्राधिकरणलाई सिफारिस गर्ने र प्राधिकरणले सञ्चार तथा राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण समितिसमक्ष सिफारिस गर्ने तयारी छ । फाइभजीका लागि छुट्याइने फ्रिक्वेन्सी देशअनुसार फरकफरक हुने भएकाले नेपालका लागि सुहाउँदो फ्रिक्वेन्सी सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिए ।
फाइभजी प्रविधि तटस्थ भएकाले जुनसुकै ब्यान्डमा पनि चलाउन सकिने छ । फाइभजीका लागि दिइने फ्रिक्वेन्सी सुरुमा बोलकबोल नगरी केही समय परीक्षण गर्न दिने विषयमा पनि छलफल भइरहेको छ । चीनसहित अमेरिका र दक्षिण कोरियाका दूरसञ्चार सेवा प्रदायकले सीमित ग्राहकका लागि फाइभजी सेवा सुरु गरिसकेका छन् ।
नेपालमा पनि नेपाल टेलिकमले फोरजी सेवा विस्तारको काम सकिएपछि परीक्षणका रूपमा फाइभजी सेवा सुरु गर्ने योजना लिएको छ । हाल टेलिकमले देशैभर फोरजी विस्तारको काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार