मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे आरम्भ
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १६:२७:१९
१५ मंसिर, कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल ‘मध्य पहाडी’ राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो ।
मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर विस्तार शुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम शुरु भएसँगै खुशी भएका छन् । कालोपत्रे गर्न थालनीपछि हेमजावासी, माछापुच्छ«े गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कास्की खण्डअन्तर्गतको साढे ३७ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीदेखि घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्रे गर्न शुरु गरिएको पुष्पलाल ‘मध्यपहाडी’राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिीनयर अनन्त बरालले बताए । हाल सुइखेतबाट कालोपत्रेको काम अघि बढाइएको छ ।
उहाँले भन्नुभयो, “यस खण्डमा विभिन्न कारणले काममा ढिलाइ हुँदा धेरै जनगुनासा आएका थिए । हामीले शनिबारदेखि सडक कालोपत्रे गर्न शुरु गरेपछि विस्तारै गुनासा कम हुँदै जानेछ । यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौँ ।”
सुइखेत क्षेत्रबाट अस्फाल्ट कालोपत्रेको काम शुरु भएसँगै तल्लो क्षेत्रमा सडक समथर बनाउन९बेस बिछ्याउने०काम समेत समानान्तररूपमा काम भइरहेको इञ्जिनीयर बरालले बताए । यस आयोजनाको काम गत भदौ समान्तभित्रमै सम्पन्न हुनुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्ती तथा खानेपानी र बिजुलीका पोल स्थानान्तरणलगायतका प्राविधिक समस्याले आयोजनामा ढिलाइ भएको बताइन्छ ।
निर्धारित समयभित्रमा यस खण्डमा काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि सडक विभागसमक्ष आग्रह गरेको बताइन्छ । याम्दीदेखि सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो ।
यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता गरिएको थियो । यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ ।
राजमार्ग छ लेन ९३० मिटर० चौडाइ तथा तीन मिटरको डिभाइडर ‘मेडियन’ तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको हुनेछ । याम्दीबाट घट्टेखोलासम्मको कामको जिम्मा पाएको निर्माण कम्पनी स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले विविधि कारणले काममा ढिलाइ भए पनि अब कालोपत्रेको काम निरन्तर अघि बढ्ने बताए ।
दैनिक २०० देखि २५० मिटर हाराहारीमा अस्फाल्ट कालोपत्रे भइरहेको बताउँदै उनले भने, “केही दिनपछि मौसमले काम १०-१५ दिन रोकियो भने रोकिएला नत्र हामी निरन्तर काम गर्छौं र चैत महिनाभित्रमा सम्पन्न गर्छौं ।” आयोजनामा हाल दैनिक २०० मजदुरले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
सरकारले मध्यपहाडी लोकमार्गको काम विसं २०६५/०६६ देखि शुरु गरेको हो । नेपाल–भारत सीमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट ‘महाकाली नदी’ सम्म गएर टुङ्गिने यस राजमार्ग एक हजार ८७९ किलोमिटर लामो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार