दिनेश मेमोरियल टी ट्वान्टी : सत्यम् पब्लिक कलेज ७९ रनले विजयी
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १७:३३:२६
१५ मंसिर, वीरगञ्ज । दिनेश मेमोरियल टी ट्वान्टी क्रिकेट टुर्नामेण्टमा सत्यम् पब्लिक कलेज विरगञ्ज ७९ रनले जितेको छ । बाराको पर्सौनी दुधौरा नदीको छेउ स्थित क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा बहुअरी क्रिकेट क्लब बाराको विरुद्धमा पहिलो ब्याटिङ्ग गरेको सत्यम् पब्लिक कलेजले निर्धारित २० ओभरमा ६ विकेट खर्चेर १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटीङ्गमा ओर्लेको बहुअरी क्रिकेट क्लब १७ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०७ रनमा सिमित भएपछि ७९ रनको फराकिलो अन्तरले सत्यम् पब्लिक कलेज विरगञ्जले जित हात पार्न सफल भएको हो ।
खेलमा विजयी टिम सत्यम् पब्लिक कलेजको तर्फबाट ४८ बलमा ७१ रन बनाएका मिथलेस कुमार म्यान अफ दि म्याच भएका छन् । भने विपक्षी टिम बहुअरी क्रिकेट क्लबका तर्फबाट सरोज साह तथा सत्यम् पब्लिक कलेजका अरबाज अँसारीले ३-३ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गरेको आयोजक कमिटीका अध्यक्ष सचिन कुमारले बताएका छन् ।
आज देखि सुरु भएको यस टी–ट्वान्टी क्रिकेट टुर्नामेन्टको उद्घाटन स्वर्गीय दिनेश प्रसादका श्रीमती मञ्जु देवीले गरिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार