देउवाको आँखा सत्तामा मात्रै
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार २०:४८:८
१५ मंसिर, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको अन्तरद्धन्द्धले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पुलकित हुनु स्वभाविक हो । किनभने सत्तारुढ दल कमजोर हुँदा प्रतिपक्ष बलियो हुने हो । तर झण्डै वर्ष दिनदेखि सत्ताधारी नेताहरु झगडिया बनेर मुुलुकलाई बन्दी बनाउँदासमेत प्रमुख प्रतिपक्ष भने चीर निद्रामा परेको अनुभूति भइरहेको छ ।
जनसरोकारका विषयमा कांग्रेसलाई कुनै चिन्ता देखिएन । नत्र अहिले अनगिन्ती विषय र मुद्धा थिए उठाउनका लागि । तर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने केवल रमिते बनेका छन् । किनभने उनलाई कुनैबेला ज्योतिषीले भनेको छ– सात पटकसम्म यो देशको प्रधानमन्त्री हुनेछस् ।
भागवत गीतामा श्रीकृष्णले एक ठाउँ भनेका छन् – कर्म गर फलको आशा नगर । तिमी केवल कर्म गर त्यसले के दिन्छ त्यसको हिसाव नगर । तर हाम्रा भाग्यवादमा विश्वास गर्ने प्रतिपक्षी दलका नेता भने ज्योतिषीको भविष्यवाणी कर्म नै नगरी फल प्राप्ति हुने अभिलाषाका साथ रहेको प्रतीत हुन्छ । किनभने केही समयअघि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले देउवालाई बोलाएर सम्भावित सत्तायात्राको लागि तयार रहन सन्देश दिएको खबर सार्वजनिक भएका छन् ।
यसको अन्तर्य के हो त्यसको व्याख्या या त ओलीले गर्लान् वा देउवाले । प्रतिपक्षीय भूमिकामा कमजोर साबित देउवा सत्तारुचीको पक्षमा भने सबल छन् । जस्तोसुकै अवस्थामा समेत उनको सत्ताप्रतिको आशक्ति कमजोर देखिंदैन् । जाहे सत्तामा रहुन् वा प्रतिपक्षमा ।
प्रतिपक्षी दलका नेता भएपनि उनी कमजोर धरातलमा छन् । पार्टीको आगामी चौधौं महाधिवेशनमार्फत उनी फेरि सभापतिमा दोहाेरिन चाहन्छन् । तर पार्टी भित्रको समीकरण उनको लागि सहज छैन । हिजोका शक्ति केन्द्र आज विपक्षमा छन् । आम कार्यकर्तासमेत आजित भइसकेका छन् । त्यसैले उनी सभापतिका लागि पार्टी बाहिरका शक्ति केन्द्रको समेत भर परेका छन् ।
त्यसमध्ये एउटा शक्ति केन्द्र हो ओली सरकार । ओली सरकारसँग सत्ता साझेदारी गर्न सक्दा उनका लागि पार्टी चलाउन सहज भएको छ । महाधिवेशनमा अनुकूल वातावरण बनाउन ओली सरकारको भरथेगले ठूलो अर्थ राख्छ । त्यसैको चास्नीमा डुबुल्की मार्दैछन् देउवा ।
देश यति लामो समयदेखि बन्धक छ । संसद्को हिउँदे अधिवेशन बोलाउने समय घर्कन लागिसक्यो । जनताका पीरमर्काबारे छलफल गर्ने निकायका रुपमा रहेको संसद्समेत सत्ताधारी दलको स्वार्थको बन्धक बनेको छ । तर प्रतिपक्षी दल कांग्रेस भने कानमा तेल हालेर बसेको छ । ओलीको सत्ता सहयात्री भनेर विभिन्न कोणबाट व्यापक आलोचना सुरु भएपछि देखाउनकै लागि भएपनि देउवाले सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने भने ।
असोज २४ गते आफ्नै निवासमा पदाधिकारी बोलाएर देउवाले लोकलाजबाट जोगिन संसद्को विशेष अधिवेशन बोलाउन समावेदन गर्ने र सडक संघर्षलाईसमेत एकैसाथ लैजाने तयारी थाल्ने बताएका थिए । यस प्रयोजनका लागि दोस्रो ठूलो प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग छलफल अगाडि बढाउने तयारीसमेत कांग्रेसले गरेको समाचार सार्वजनिक भएको थियो । तर नेकपा भित्रको अन्तसंर्घष चर्किन थालेपछि देउवा फेरि चूपचाप छन् । किनभने ओलीले अहिले यस्तो कदम नचाल्न देउवालाई आग्रह गरेका थिए ।
राजनीतिमा लोभीपापी नै सफल हुने गरेको इतिहास नेपालमा स्थापित मान्यता हो । त्यो मामलामा ओली र देउवा एक भन्दा अर्काे अगाडि छन् । ओलीले त केही मेहनत गरेरै अहिलेको उँचाई हासिल गरेका हुन् । तर देउवा भने कुनै दुख नगरी केवल झर्ला र खाउँला भन्ने मनस्थितिमा रहेको स्पष्टै देखिन्छ ।
जसले गर्दा नेपाली जनताको भावनामा ठेस लागेको छ । जनताले गएको चुनावमा कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने आदेश दिएको यथार्थ देउवाले बुझ्न चाहेनन् । त्यसको असर भोलिका पुस्ताले भोग्नुपर्ने छ । यो प्रवृत्तिले त काले काले मिलेर खाउँ भाले भन्ने पक्षलाई नै बल पु¥याएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार