नक्कली नोट बनाउने मेसिनसहित तीन पक्राउ
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार २३:४५:५७
१५ मंसिर, महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । “अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम ९श्रीमान्–श्रीमती० यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।”
त्यसैगरी प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ ।
फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार