बिहिबार , माघ ८, २०७७

सप्तरीको कडरबोना, कञ्चनपु र लोहजरामा अस्पताल भवन शिलान्यास

सप्तरीको कडरबोना, कञ्चनपु र लोहजरामा अस्पताल भवन शिलान्यास
फोटो क्याप्सन : सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीले १५ शैय्या अस्पताल भवनको शिलान्यास गर्दै ।

 धीरुभाइ

१५ मंसिर, सप्तरी । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु–याउने उद्देश्यले सप्तरीको तीन वटा स्थानीय तहमा सोमबार १५-१५ शैय्या अस्पताल भवनको शिलान्यास भएको छ ।  जिल्लाको सुरुङ्गा नगरपालिका वार्ड नम्बर ६ कडरबोना स्थित प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुप नगरपालिका वार्ड नम्बर ८ कञ्चनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिका वार्ड नम्बर ५ लोहजरा स्थित धौनकी फिल्डमा अस्पताल भवनको शिलान्यास भएको हो ।

सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरी, कञ्चनरुप नगर प्रमुख बसन्तकुमार मिश्र र तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बडहरखेरले एक समारोहबीच अस्पताल भवनको शिलान्यास गरेका हुन । सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु–याउने उद्देश्यले एकैसाथ सात वटै प्रदेशका ३९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत सप्तरीका उक्त तीन वटा स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिएको छ । ]

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी सरकारले पाँच शैय्याको अस्पतालको सात करोड ११ लाख ९८ हजार, १० शैय्या अस्पतालको १० करोड ३ लाख ३६ हजार र १५ शैय्याको अस्पतालको १ करोड ६८ लाख २० हजार बजेट विनियोजन गरिएको छ । सप्तरीमा अस्पताल निर्माणको लागि पहिलो किस्ता वापत स्थानीय तहहरुमा तीन करोड २३ लाख रकम प्राप्त भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक डम्बर गुप्ताले जानकारी दिए । थप रकम क्रमश पठाउने परिपत्रमा उल्लेख रहेको उनले बताए ।

जिल्लामा सरकारको स्वामित्वमा राजविराज स्थित गजेन्द नारायण सिंह अस्पताल र हनुमाननगर कंकालीनी नगरपालिकाको भारदह स्थित जिल्ला अस्पताल सञ्चालनमा रहेका छन । यससँगै जिल्लामा सरकारको स्वामित्वको अस्पतालको संख्या पाँच पुग्नेछ । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तहहरु छन । सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पिएचडी चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजद्वारा भर्चुअल ‘फाइभ पि’ नेपाल अन्तर्राष्ट्रिय एक्स्पो आयोजना पिएचडी चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजद्वारा भर्चुअल ‘फाइभ पि’ नेपाल अन्तर्राष्ट्रिय एक्स्पो आयोजना १ दिन पहिले
तीन लघुवित्तको शेयर लिलामीमा बिक्री, कुनको कति ? तीन लघुवित्तको शेयर लिलामीमा बिक्री, कुनको कति ? ८ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १ हप्ता पहिले
बजार वृद्धि हुँदा पनि किन भयो मैनवत्ति रातो ? हेरौ आजको बजार विश्लेषण बजार वृद्धि हुँदा पनि किन भयो मैनवत्ति रातो ? हेरौ आजको बजार विश्लेषण ३ दिन पहिले
जनप्रतिनिधि जाडोबाट जोगाउन सक्रिय जनप्रतिनिधि जाडोबाट जोगाउन सक्रिय ४ दिन पहिले
बुक बिल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले मंगलबार डाक्यो साधारणसभा बुक बिल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले मंगलबार डाक्यो साधारणसभा २ दिन पहिले
सर्वोच्च अदालत अगाडी नेविसंघको प्रदर्शन सर्वोच्च अदालत अगाडी नेविसंघको प्रदर्शन ४ हप्ता पहिले
इलाम र काठमाडौंमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सञ्चालन इलाम र काठमाडौंमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सञ्चालन ३ हप्ता पहिले