बिहिबार , माघ ८, २०७७

नुवाकोटको विदुरमा औद्योगिक ग्राम बनाइने

नुवाकोटको विदुरमा औद्योगिक ग्राम बनाइने

१५ मंसिर विदुर । नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ अनुसार २०७६ साल पुस ७ गते बसेको नगरपालिकाको बैठकले शुभघाटको कित्ता नं १२८६ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार ०७६ साल माघ २६ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेशलाई उक्त जग्गाको उपयुक्तताका साथै कार्यपालिकाको निर्णयसहित नगरपालिकाले पत्राचार गरी पठाएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

प्रमुख पण्डितका अनुसार उक्त जग्गा घना मानव बस्तीभन्दा एक किमी र अन्तर्राष्ट्रिय सीमाभन्दा २०० सय मीटरभन्दा बढीको दूरीमा छ । स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन, साना लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि तथा उद्योगको स्थापना, विकास र प्रवद्र्धन गरी बेरोजगार युवालाई रोजगारको सिर्जना गर्नाका साथै नगरमा छरिएर रहेको उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि औद्योगिक ग्रामको स्थापना हुन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव ४ दिन पहिले
हिरासतमा रहने अभियुक्तहरुलाई किताबी ज्ञान दिइने हिरासतमा रहने अभियुक्तहरुलाई किताबी ज्ञान दिइने २ दिन पहिले
विगतको कमजोरीबाट पाठ सिकेर बलियो बन्दै सिटिजन्स बैंक विगतको कमजोरीबाट पाठ सिकेर बलियो बन्दै सिटिजन्स बैंक ४ घण्टा पहिले
आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत ६ दिन पहिले
हवाई मार्गबाट हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने हवाई मार्गबाट हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने ४ दिन पहिले
वृद्ध भत्ता खानबाट वञ्चित भएकी महिलालाई ८० वर्षमा नागरिकता वृद्ध भत्ता खानबाट वञ्चित भएकी महिलालाई ८० वर्षमा नागरिकता २ दिन पहिले
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँदिल्ली पुगे ७ दिन पहिले
रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच कुटाकुट, असईसहित जवान घाइते रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच कुटाकुट, असईसहित जवान घाइते २ दिन पहिले