भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १३:५:२५
१६ मंसिर, मङ्गलबारे । विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क चिह्न दर्ता भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
उनले चिया उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता भएको जानकारी दिए । “भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भए पनि सम्झौताको हार्ड कपी आउन बाँकी रहेको छ”, उनले भने, “औपचारिक रुपमा हार्ड कपी नआए पनि सम्झौता सम्पन्न भइसकेको छ ।”
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रथम चौमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेकाले चिया किसानलाई ढुक्क हुन आग्रह गरे । इलाम नगरपालिका–२ मा स्थित चिया विस्तार आयोजना जस्बिरेमा भएको कार्यक्रममा कायकारी निर्देशक डा भट्टराईले अब ५० रोपनीमाथि जमीनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिने बताए ।
विश्व बजारमा नेपाली चिया नेपालको लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई आग्रह गर्दै उनले विश्व कजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको बताए । उनले नेपालमा वार्षिक ६ मेट्रिक टनमात्र कफी उत्पादन हुने गरेको भए पनि १९ मेट्रिक टन कफीको माग रहेको बताए। ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिइने उनको भनाइ थियो ।
इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्व बजारमा चियाको जति धेरै माग बढ्छ उति नै धेरै गुणस्तरीय चिया उत्पादनमा किसान लाग्नुपर्ने बताउँदै १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर लगाएको गुन तिर्न चिया रोपेकै स्थानमा उनको सालिक निर्माण गरेको जानकारी दिए ।
चियाको राजधानी इलाम भए पनि यहाँकै किसानले उचित मूल्य नपाएको र यसका लागि बेलाबेलामा आन्दोलन र धर्नालगायत कार्यक्रम गरेरमात्र चियाको मूल्य पाउने गरेकाले यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा किसानले जोड दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार