चिसो मौसममा रुघा-खोकीबाट कसरी बच्ने ?
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १३:०:३८
१६ मंसिर, काठमाडौं । मौसम परिवर्तनको कारण दिन-दिनै जाडो बढ्दै गएको छ । यस्तो परिवर्तनको कारण शरिरमा री गम्भीर प्रभाव पर्छ र मानिसहरु बिरामी पर्ने सम्भावना बढी हुन्छ । मौसम परिवर्तनको सबैभन्दा ठुलो समस्या भनेको रुघा-खोकी हो र यो सजिलै लाग्न पनि सक्छ ।
सामान्य रूपमा रुघा-खोकी सात देखि दश दिन सम्म हुने गर्दछ । यस समस्याबाट छुटकारा पाउनको लागि घरेलु उपाय देखि औषधिको प्रयोग हुन्छ । रुघा-खोकी लागेको समयमा कस्तो खानेकुरा खानु फाइदाजनक हुन्छरु
केरा
केरामा पोटाशियमको मात्रा अधिक हुन्छ र यसले शरीरमा पानिको मात्रा पुरा गर्दछ । यसको साथै केरामा भएको इलेक्ट्रोलाइट्स र मिनरल्सले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । त्यसैले रुघा(खोकी लागेको समयमा केराको सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
ब्रोक्ली
ब्रोक्ली यस्तो तरकारी हो जसमा भिटामिन ए, भिटामिन सि, भिटामिन ई तथा फाइबर अत्याधिक मात्रामा पाइन्छ । ब्रोक्लीको सेवनले रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ ।
लसुन
लसुन स्वास्थ्य गुणले भरिएको हुन्छ र यसको सेवनके फ्लु र इन्फेक्सनको समस्या हुँदैन । लसुन नियमित सेवनले इम्युनिटी बढ्दै जान्छ ।
मह
रुघा-खोकीको समस्याले ग्रसित भएको समयमा महको सेवनले राहत मिल्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ जसले घाँटीमा जलन हुने र सुन्निने समस्याबाट छुट्कारा दिन सहयोग गर्दछ । महलाई चिया वा तातो कागतीपानीमा मिसाएर सेवन गर्नुपर्दछ ।
बेसार
बेसारलाई हल्दी पनि भनिन्छ , यसले भाइरल समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिनले रुघा(खोकीको समस्यासंग लड्न प्रभावकारी मानिन्छ ।
ल्वांग
एन्टीफंगल, एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लेमेट्री र एन्टीसेप्टिक गुण भएको ल्वांग रुघा(खोकी लागेको समयमा औषधिको रुपमा काम गर्दछ । ल्वांगको प्रयोग सयौं वर्ष देखि जडीबुटीको रुपमा गरिँदै आएको छ ।
अदुवा
खोकी, घाँटी खसखसाउनु, सुन्निनु जस्तो समस्याको लागि अदुवाको प्रयोग हुने गर्दछ । यसको प्रयोग भाइरस समस्याबाट लड्न पनि हुन्छ । साथै अदुवाको प्रयोगले कोलेस्ट्रोलको स्तरमा कमि हुनुको साथै स्थिर हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार