महासचिव पौडेललाई फेसबुक भरी व्यङगात्मक शुभकामना
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार २१:१५:२४
१६ मंसिर, काठमाडौं । नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै मंगलबारको पार्टी सचिवालयको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका हुन् ।
उक्त अवसरमा पार्टी उपध्यक्ष बामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले महासचिवकाे जन्मदिन बारे फेसबुकमार्फत जानकारी दिएपछि धेरै आफन्त तथा शुभचिन्तकले पौडेललाई शुभकामना दिएका छन् ।
थापाको फेसबुकबालमा कमेन्ट गर्नेहरुले पौडेललाई जन्मदिनको शुभकामना रोचक र घोचक शैलीमा दिएका छन् । उनीमाथि व्यङगात्मक तरिकाले शुभकामना दिएकाले बालुवाटार जग्गा प्रकरणमा मुछेका छन् ।
कतिपयले त सुकुम्बासी थिए भन्दैमा अवसर पाउना साथ बालुवाटारको जग्गा नै आफ्नो नाममा सार्ने दिमागबाट छुटकारा मिलोस् भन्दै जन्मदिनको शुभकामना दिएका छन् । फेसबुकमा प्रित्तम अर्याल नाम गरेका एक व्यक्तिले आजको बैठक जन्मदिन मनाउन मात्रै डाकिएको की अरु पनि छन बिषयबस्तु ? कामरेड पौडेललाई वालुवाटर जस्तै २ / ४ ओटा सरकारी जग्गा सुकुमबासी हुँदै हड़पनु शुभकामना ।
यस्तै तिवारी आरकेले जन्मदिनको शुभकामना, धेरै बाच्नु नेपाललाई पहिलाको इथोपिया जस्तो बनाउनु, नेपालीलाई इथोपियन जस्तै बनाउनु ,अरु भोक्ले मर्छ्न अनि आफू त्यो भोकले मरेको शरीर माथी नाच्नु अनि त्यही नेपाली लासमाथि गिद्धले सिनो लुछे जस्तो लुस्नु, अझै धेरै बाच्नु नेपाल भन्ने देश नै नहरहने गरि बाच्नु इस्ट्मित्र सबैलाई काखी च्याप्नु, अरुलाई नाङ्गो झारपार्नु, सधै भरी बाँचिरहनु भन्दै व्यङ प्रहार गरेका छन् ।
राजा ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले जन्मदिन मनाउदा अनि केक काट्दा सामन्ती, जनताको करबाट मस्ती गरेको छन् भन्ने दलहरू नै हैन आज गणतन्त्रमा यो सामान्य हुँदो रहेछ । जन्मदिनको शुभकामना यहाँलाई भनेर कमल अर्यालले लेखेका छन् ।
कसले कसरी दिए शुभकामना हेर्नुस ,,,,
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार