सचिवालय बैठकमा ओली-प्रचण्डबीच भनाभन
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार २३:५४:२
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भनाभन भएको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनलाई छलफलको विषय नभएको र आरोपपत्र मात्रै भएको टिप्पणी गरेका थिए ।
जवाफमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पार्टी एकताको लागि गम्भिर छलफलको विषय भएको बताएपछि भनाभन भएको हो । ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? यो सह्य छैन् भन्दै प्रतिवाद गरेका थिए ।
त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ भनेर कुरा राखेका थिए ।
मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र प्रचण्डबीच भनाभन भएपछि केही सदस्यले पनि धारणा राखेका थिए । दुई अध्यक्ष मिल्नुपर्ने धारणा सदस्यले राखेपनि पहिलेको भन्दै अहिले ओली र प्रचण्डबीको सम्बन्ध नाजुक मोडमा पुगेको छ ।
सचिवालय बैठक भोलि फेरि बस्ने भनिएपनि अब १८ गते बस्ने सचिवालय बैठक र २५ गते बस्ने केन्द्रिय समिति बैठक अन्यौलमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार