राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ बिहिबार २०:६:५१
१८ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पार्टी भित्र एक्लिएका प्रधानमन्त्री केपी ओली अब कसरी प्रस्तुत होलान् भन्ने जिज्ञाशा सर्वत्र छ ।
आजै साँझ उनले मन्त्रिमण्डलको बैठक डाकेकाछन् । उनले कुनै राजनीतिक निर्णय लिन सक्ने अनुमान सरोकारवालाहरुले गरिरहेकाछन् । त्यसैलाई पुष्टी हुने गरी ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुुगेकाछन् । यद्यपि राष्ट्रपति कार्यालयले भने यो नियमित भेटघाट भएको दावी गरेको छ ।
ओली चरम दबाबमा परेका बेला जस्तो सुकै निर्णय लिन सक्ने अनुमान गरिएको हो । ओली पार्टी भित्र किनारामा पुगेकाले दल विभाजन गरी नेपाली कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयासमा रहेको धेरैको बुझाई छ । तर राष्ट्रपति भण्डारी नै अहिले यो विकल्प प्रयोग गर्ने पक्षमा नरहेकाले ओली अल्मलिएका थिए । तर आज भने उनले राष्ट्रपतिलाई यसबारे आश्वास्त पार्ने सम्भावना रहेको कतिपयको अनुमान छ ।
पछिल्लो समय ओली नेकपाभित्रको विवादमा एक्लो छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले उनीमाथि अनेकौ आरोप लगाएर पेलानमा पारेका छन् । यस्तो अवस्थामा ओली परामर्शका लागि शीतलनिवास छिरेका हुन् । मन्त्रिपरिषद बैठक अगाडी र पछाडी पनि प्रधानमन्त्री ओली राष्ट्रपतिसँग परामर्श गर्ने गरेका छन् । यसपटक पनि ओली परामर्शका लागि शीतलनिवास गएकाे अनुमान राजनीतिक वृत्तमा छाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार