बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिन्यो
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १३:५६:३८
१९ मंसिर, जाजरकोट । सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले ५० मा ३८ अङ्क ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै नलगाड नगरपालिकाले दोस्रो र भेरी नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
अन्य छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाको सेवा प्रवाह कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । सुरक्षित सुत्केरी गराउने दरसमेत अन्य पालिकाभन्दा बढी रहेको छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका तेस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका दोस्रो आएर अघिल्लो वर्षको भन्दा सेवा प्रवाह राम्रो भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
आशा जाग्दै सुरक्षित सुत्केरी हुने दर
ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।
जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।
नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।
नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका–१२ का मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।
यस्तो छ सुत्केरी दर
जाजरकोटमा आर्थिक वर्ष २०७६/७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९.३, कुशे ६६.३, जुनिचाँदे ३१, छेडागाड ५०.४, शिवालय ७.७, नलगाड ६६.७, भेरी ५०.१ प्रतिशत अङ्क ल्याएका छन् ।
स्वास्थ्य विभागले गरेको लक्ष्य नजिक बारेकोट गाउँपालिका पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क फोकल व्यक्ति टेकबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य विभागले चार हजार ६६ महिलाले सुरक्षित सुत्केरी स्वास्थ्य संस्थामा आएर हुने लक्ष्य राखे पनि दुई हजार २८१ महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएको तथ्याङ्क सार्वजानिक भएको छ ।
बारेकोट गाउँपालिकामा ४२८ लक्ष्यमा ४२५, कुशे गाउँपालिकामा ४८३ लक्ष्यमा ३२०, जुनिचाँदे गाउँपलिकामा ५०४ लक्ष्यमा १५६, छेडागाड नगरपालिकामा ८२८ लक्ष्यमा ४५२, शिवालय गाउँपालिकामा ३६३ लक्ष्यमा २८, नलगाड गाउँपालिकामा ६०६ लक्ष्यमा ४०७, भेरी नगरपालिकामा ८५४ लक्ष्यमा ४९३ जना मात्र सुरक्षित सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७५/७६ मा ४६.९ प्रतिशत महिला सुरक्षित सुत्केरी भएका थिए । बारेकोट ८१.१, कुशे ५५.६, जुनिचाँदे २०.८, छेडागाड ४७.८, शिवालय ५.८, नलगाड ५४.८, भेरी ५१.२ प्रतिशतले सुरक्षित सुत्केरी सेवा लिएका थिए । अघिल्लो वर्षभन्दा ९.२ प्रतिशतले सुरक्षित सुत्केरीदर बढेको छ । शिवालय गाउँपलिका र छेडागाड नगरपालिका सुर्खेतको सिमानामा जोडिएका स्थानीय तह हुन् । सडक सञ्जालसँगसमेत जोडिएका छन् । जुनिचाँदे गाउँपालिका प्रशासकीय केन्द्र लुहदहसम्म मुस्किलले यातायातका साधन हिउँदयाममा चल्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार