आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्याे
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १७:४४:५३
१९ मंसिर, काठमाडौं । नेपाली बजारमा एक सातामा सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ । मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ ।
आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९२ हजार ९ सय र तेजाबी ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि साताभर बढ्दो क्रममा रह्यो । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।
काेराेना भाइरस महामारीका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहेको लगनले गर्दा जिल्ला नगरसहित देशैभरबाट सुनको माग अत्यधिक भएको छ । अहिले मूल्यमा सामान्य उतार चढाब देखिए पनि आवश्यकताकै कारण उपभोक्ताले सुन खरिद गरिरहेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?
चैत १५, २०८० बिहिबार
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार