महोत्तरीमा घुमुवा प्रहरीहरुको रजगज, खुलेयाम तस्करी
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शनिबार ०:२७:०
१९ मंसिर, महोत्तरी । तस्करहरूका लागि महोत्तरी अहिले उर्वर भूमि बनेको छ । तस्करीको लाइन दिने र तस्करहरूबाट रकम उठाउने काम जिल्ला प्रहरी कार्यालयका एसपी टीका केसीले राखेका घुमुवा हवल्दार राजेश यादव, ईलाका प्रहरी कार्यालय गौशाला क्षेत्रमा घुमुवाको रूपमा परिचालित घुमुवा हवल्दार धीरबहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय रामगोपालपुरका घुमुवा हवल्दार रामशंकर साहले गरिरहेको समाचार स्रोतको दावी छ ।
सो स्रोतका अनुसार घुमुवाहरूले सेटिङ मिलाएर तस्करीको लाइन पाउनेहरूमा कपडा र अन्य सामानको काम गर्ने श्याम यादव ७५ हजार , पाँच वटा मोटरसाईकलमार्फत किरानाको काम गर्ने बाला ६० हजार , तीन वटा मोटरसाईकलमार्फत किराना सामानको काम गर्ने भोकमरूवा ५५ हजार , भैसीको काम गर्ने उमेर ब्रदर्स १ लाख १० हजार , कपडा र अन्य सामानको काम गर्ने गोविन्द यादव ६० हजार , बाख्रा ,खसीबोकाको काम गर्ने नथुनी १ लाख १० हजार , कपडाको काम गर्ने पर्सावाली ५० हजार सबै थोकको काम गर्ने महेश यादव , छविलाल यादव, अशोक यादव किरानाको काम गर्ने बेरियावाली , टेम्पोमार्फत किरानाको काम गर्ने शोभा मुख्य छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीका केसीले राखेका घुमुवा हवल्दार राजेश यादव यसअघि लामो समयसम्म जनकपुरमा घुमुवा थिए । हाल बीरगंजको विपद व्यवस्थापनमा कार्यरत सई जयलाल यादव जनकपुरमा लामो समय घुमुवा रहेको बेला सोही घुमुवा टोलीमा राजेश यादव पनि रहेका थिए ।
लामो समय जनकपुरमा घुमुवा रहेका यादव धेरै बदनाम भईरहेका बेला सुनकाण्ड लागेपछि उनी महोत्तरी लखेटिएका थिए । तर महोत्तरीका एसपी टीका केसीले यिनै बदनाम राजेश यादवलाई घुमुवा राखेर रकम असुली गरिरहेको बताइएको छ । घुमुवा हवल्दार राजेश रातीको समयमा आफै बोडरमा गएर नेपालबाट मरिच र छोकडा पास गराउने गरेको गौशालाका व्यापारी राजा यादव भन्नेले बताए ।
त्यस्तै तस्करीका लागि मुख्य नाका मानिएको गौशाला एरियामा घुमुवाको रूपमा परिचालित बस्नेत विगत आठ बर्षदेखि बस्नेत गौशालामा क्षेत्रमा घुमुवाको रूपमा कार्यरत छन् । सर्लाही घर भएका उनलाई जिल्ला प्रहरी प्रमुखले नितान्त रकम उठाउन परिचालन गर्दै आइरहेको बताइन्छ । गौशाला बजार ठूलो भएको र तस्करीको सामान यहीँ जम्मा भई त्यसपछि मात्रै अन्यत्र जाने गर्दछ ।
खास गरेर सम्सी, रघुनाथपुर र खयरवनीबाट जति पनि सामानको तस्करी भएर नेपाल भित्रिन्छ त्यो सामान सबै गौशाला आउने गर्दछ । गौशाला बजारका मुख्य तस्करी गर्ने व्यापारी भनेका कालिया र राजा हुन् । यिनीहरू पाटर्नर समेत हुन । यिनीहरूले महोत्तरीका विभिन्न नाकाबाट दैनिक ५० लाख भन्दा बढीको सामान भित्र्याउने गर्छन् । गौशाला बजारका व्यापारीदेखि महोत्तरीका प्रहरी सबैलाई थाहा छ कि यी दुई व्यापारी गौशाला प्रहरीका घुमुवा बस्नेतका गोजीका व्यापारी हुन् । यिनीहरूले कपडा र हाड्वेयरको ठूलो कारोवार गर्ने गर्दछन ।
महोत्तरीमा लामो समयदेखि रजगज गरी बसेका यी घुमुवाहरूका बारेमा प्रहरी मुख्यालयको उजुरी छानबिन र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री कहाँ समेत उजुरी परेको थाहा भएको छ। साथै गृहसचिव महेश्वर न्यौपाने कहाँ समेत उजुरी परेको समाचार स्रोत बताउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार