
१९ मंसिर, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान बसेको संचालक समितिको बैठकले आगामी पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
लघुवित्तको १०० औ बैठकले सातौं वार्षिक साधारण सभा होटल क्लासिक प्रा.लि. सिमरा बारामा बिहान १०ः३० बजे सुरु हुने जनाएको छ । सभामा कम्पनीले २६.३२प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
अहिले समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ । यस वर्ष घोषणा गरेको बोनस शेयरपछि पुँजी २२ करोड ९३ लाख ३९ हजार ३६० रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसर्थ, कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ । सभा प्रयोजनका लागि समताले पुस ५ गतेबाट १४ गतेसम्म बुक क्लोज गर्नेछ । पुस ४ गतेसम्म कायम सेयरधनीले २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट