याे सम्झिने मन छ म बिर्सूं कसाेरी !
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शनिबार ४:२०:४३
१९ मंसिर, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताएका छन । नारायणगोपालको ३०औँ स्मृति दिवसका अवसरमा आज अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उनले नारायणगोपालको योगदान युगौँसम्म रहने बताए ।
राज्यमन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा राज्यमन्त्री मानन्धर, सङ्गीतकार भूपेन्द्र रायमाझीलगायतले नारायणगोपालका कालजयी गीत गाएका थिए । नारायणगाेपाल भन्नेवित्तिकै उनका कालजयी गीतहरू हाम्रा कानमा गुञ्जिन थाल्छन् । म त लाली गुराँस भएछु हाेस् वा याे संझिने मन छ म बिर्सूं कसाेरी नै किन नहाेस्, हरेक नेपालीका कानमा सुमधुर लयमा गुञ्जिन थाल्छ ।
नेपालको सांगीतिक क्षेत्रमा थाेरै तर सुन्दर र लाेकप्रिय गीत गाएर उनी अजर अमर बनेका छन् । बि.सं. १९९६ असोज १८ का दिन बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्य नेपाली सांगीतिक क्षेत्रका सबैभन्दा सफल अनि ख्यातिप्राप्त गायक हुन् । उनलाई नेपालका ‘स्वर सम्राट’को उपाधिले सम्मान गरिएको छ ।
२०४७ मंसिर १९ मा निधन भएका नारायणगाेपालले रत्नशम्शेर थापा, नीर शाह, कालीप्रसाद रिजालदेखि चाँदनी शाहसम्मका गीत गाएका छन् । उनले त्यसबेलाका किशाेर गीतकार दिनेश अधिकारीका गीत पनि गाए । जाेकाेहीका र जस्ता तस्ता रचना मन नपराउने उनी निकै चुजी गायकका रूपमा चिनिन्छन् । अत्यन्त जिद्दी र घमण्डी जस्ता लाग्ने उनी मनका भने काेमल भएका उनका समकालीन बताउँछन् । नारायण गोपालले करिब डेढ सय नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।
मानविकीमा स्नातकोत्तर गरेका नारायण गोपाल शास्त्रीय सङ्गीत अध्ययन गर्न भारतको ‘माहाराजा सायाजीराव युनिभर्सिटी अफ बडोदा’ गएका थिए तर उनले अध्ययन पूरा नगरी नेपाल फर्किएका थिए ।
नारायण गाेपालबारे केही राेचक कुराहरू छन्, जुन धेरैलाई थाहा नहुन सक्छ । उनका नजिकका अनि असल मित्रहरू माणिक रत्न र प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरिरहेका बेला नारायण गोपालले ठट्टा गरेर उनीहरूलाई उडाउँदै हिन्दी गीतको लय बिगारेर गाउने गर्थे भन्ने उनका समकालीन बताउँछन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’
फागुन २४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार