कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघको :अध्यक्ष पराजुली
नेपालबहस संवाददाता
मंसिर २०, २०७७ शनिबार २३:४:१३
२० मंसिर, काठमाडौं । कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीको अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ । हाल २० केन्द्रीय संघमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ ।
एकीकरण भएपछि शुक्रबार शुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । संघको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा सुश्री गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन्। संघको सात जना सचिवमा क्रमशस् हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन् । सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले राससलाई जानकारी दिए ।
संघको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन् । साधारणसभाको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गरेबा थिए । मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले करिब रु सवा करोडको लागतमा चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजार पनि शुक्रबारदेखि नै औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । खुद्रा बजारमा ताजा तरकारी तथा फलफूल सुपथ मूल्यमा पाइने बजार सञ्चालकसमेत रहेका सचिव प्याकुरेलले जानकारी दिए ।
सरकारको सहयोगमा निर्माण भएको यो पहिलो सहकारी बजार हो । मन्त्रालयकै सहयोगमा ललितपुरमा सहकारी बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । बजारमा केही दिनमा थोक बिक्री कक्षसमेत खोल्न लागिएको जनाइएको छ । लिमिटेडमामा देशका विभिन्न भागका १९३ वटा कृषि बीउ, तरकारी तथा फलफूल सहकारी आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार