आजदेखि सडकमा लत्रिएका तारलाई काट्दै सीताराम हाछेथु
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १५:४१:५
२१ मंसिर, ललितपुर । आज आइतबारदेखि ललितपुर महानगरपालिकाका अव्यवस्थित तार हटाइने भएको छ । जताततै लत्रिएका तारका कारण शहरलाई कुरुप बनाएको भन्दै आजदेखि यस्ता तार हटाइने महानगरपालिका अन्तर्गतको नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताए ।
अब सडकमा लत्रिएका तारलाई काटिदिने र झोल्लिएका तारलाई मुठा बनाएर राखिदिने उनले बताए । अब ललितपुर महानगरपालिका यस्ता तार राख्न ट्यागलाई अनिवार्य गर्ने पनि नगर प्रहरी प्रमुख हाछेथुले बताए । यो नियम अटेर गर्नेलाई कारबाही गर्ने पनि उनको भनाइ छ ।
ललितपुर नगर प्रहरीले यसअघि शहरी सौन्दर्य बढाउन होर्डिङ बोर्ड हटाउने अभियान थालेको थियो । साढे दुई महिना लगाएर ललितपुर महानगर भित्रका होर्डिङबोर्ड हटाएको नगर प्रहरीले अव्यवस्थित तार हटाउने अभियान पनि व्यवस्थित नहुँदासम्म जारी राख्ने हाछेथुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार