आजदेखि तारकेश्वरमा विद्यालय सञ्चालन
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १७:११:५४
२१ मंसिर, तारकेश्वर। तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए ।
कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना गरी विद्यालय सञ्चालनमा ल्याएको हो ।
एघार वडा रहेको नगरपालिकामा १८ सामुदायिक र ६४ संस्थागत विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातारण बनाउने, पाठ्यपुस्तक, कापी कलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार