खगेन्द्रको जाउँ डाँडै काटेर सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १८:३:४२
२१ मंसिर, काठमाडौं । नेपालको पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् ।
अर्ग्यानिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा जाउँ डाँडै काटेर बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
कसैसँग माया प्रेम बसेपछि उमेर हेरिदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ । खगेन्द्र यक्सो लिम्बु र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् ।
मौलिक यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन् । पूर्वको रमणीय र चर्चित पर्यटकिय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन यस गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार