रेडियो वीरगंज ९९ मेघाहर्ज : १९ औँ बर्षमा प्रवेश
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १८:३३:१
२१ मंसिर, वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पारगरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित २ सय ६१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलका प्रतिनिधि रमेश सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव, लालबाबु सिंह, जसपाका युवा नेता ईश्वर यादव, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव, युवा अभियनता ओम प्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागि हुन वाराबाट नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा उल्लेख्य संख्यामा मोटरसाईकल ¥याली सहित युवाहरुको टोली रेडियो वीरगंजमा आएको थियो ।
रक्तदान कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकाबाट रक्तदान गर्ने युवाहरुलाई लिएर वीरगंज आई पुग्नु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ्ग बीरगंजकी संचालिका सुधा थापा कार्कीले छोरी र छोरा सहित रक्तदान गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको सुजित पटेल, संदिप कुशवाहा, सुनिल कुमार साह, धिरेन्द्र झा, शेखर गुप्ता सहित एभरग्रिन इन्स्च्युट र प्रभु अस्पतालका नर्स तथा अहेवले प्राविधिक सहयोग पुर्याएका थिए ।
रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल विहार रेडियो श्रोता संघको उल्लेख्य सहभागिता रहेको थियो । यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गरे ।
साहले रेडियो वीरगंजको १८ औ बार्षिक उत्सवको अवसर पारेर टिभी बीरगंजको आगामी मंसिर २६ गतेदेखि नियमित प्रशारण शुरु हुने घोषणा गरे । सोही दिन रेडियो बीरगंजको दोश्रो प्रस्तुति रेडियो पोखरीया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण शुरु हुने घोषणा गरे। यसैगरी रेडियो वीरगंजकै भातृ संस्थाको रुपमा म्युजिकल एफएम १००.३ मेगाहर्जको परिक्षण प्रशारण पनि यसै बर्ष शुरु गरिने घोषणा गरे । बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ । रक्तदान कार्यक्रमको रेडियो वीरगंज र टिभी वीरगंजको साथ रेडियो पोखरीयाले प्रत्यक्ष प्रशारण गरेका थिए ।
रक्तदान कार्यक्रमलाई वीरगंज महानगरपािलकाले एफएम परिसर आसपास वृहत सरसफाई गरी सहयोग पुर्याएको थियो भने विना एग्रो इन्टरप्राईजेज, आयसर ट्याक्टर, एलएस न्युरो हस्पिटल, निरज इन्टरप्राईजेज, मंगलम डाईग्नोस्टिक सेन्टर, संजिविनी डाईग्नोस्टिक, साना फलफुल व्यवसायि संघ, एडिपिएल बदाम जुस, सुपर सेक्युरिटी सर्भिस, जगदीश टेन्ट हाउस लगायतले सहयोग गरेका थिए ।
रेडियो वीरगन्जको बार्षिक उत्सवको अवसरमा रक्तदान गर्नेहरुमा ईश्वर यादव, रामबहादुर ठाकुर, राजेश मिश्रा, संजय कुमार पटेल, राजेश कुमार गुप्ता, जगमोहन प्रसाद चौधरी, जटाशंकर चौधरी, विन्देश्वर राय, सुरेन्द्र ठाकुर, सरोज प्रजापति, राजकुमार ठाकुर, अजित नारायण श्रेष्ठ, रोशन खड्का, किरण कार्की, कुवेर बोहरा, पंकज कुमार चौरसिया, विकल न्यौपाने, विकाश चौहान, मनमोहन पटेल, विश्वास प्रताप साह, आर्या गिरी, जयकुमार मण्डल, कौशल्या देवी राय, श्रष्टा कौशिक, जयनाथ यादव, प्रतिभा चौधरी र कन्हैया साह लगायत २ सय ६१ जनाले रक्तदान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार